प्रधानमन्त्रीसहितको जम्बो टोली भारत भ्रमण गर्दै

प्रधानमन्त्रीसहितको जम्बो टोली भारत भ्रमण गर्दै


प्रधानमन्त्री केपी शर्मा ओली आगामी २३ गते भारतको राजकीय भ्रमणमा निस्कँदै छन् । उनको यो भ्रमण चैत २५ गतेसम्म चल्नेछ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्रीसहितको जम्बो टोली भ्रमणमा जानेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका लागि नेपाल एयरलाइन्सका ५५ बटा सिटसमेत बुकिङ भइसकेको छ ।

परराष्ट्रका अनुसार भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरिने कार्यक्रम तय भएको छ । सो अवसरमा भ्रमण दलले उत्तराखण्डको पन्तनगरस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको आयोजनामा हुने अर्को कार्यक्रममा पनि सहभागिता जनाउने भएका छन् ।