हराएका दुई विदेशी पर्यटक घाइते अवस्थामा फेला परे

हराएका दुई विदेशी पर्यटक घाइते अवस्थामा फेला परे


ट्रेकिङका लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङको पर्यटकीय गाउँ मार्फाभन्दा पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट गत शुक्रबार रातिदेखि चेक गणतन्त्रका दुई नागरिक बेपत्ता भएका थिए ।

यसरी हराएका ती विदेशी पदयात्री शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेलाई उद्धृत गर्दै राससले जनाएको छ । बताइएअनुसार उनीहरुलाई मार्फाभन्दा दुई किलोमिटर माथिको जंगलमा फेला पारिएको हो ।

“हामीले खोज्दै जाँदा उनीहरुलाई फेला पाऱ्यौं । पदमार्गमा हिँड्दै गर्दा एक जना लडेर तल खसेपछि खुट्टा भाँचिएर ढुंगामा च्यापिएको अवस्थामा भेट्टाइयो । सँगै गएका साथी पनि त्यहीँ नै रहेछन् । उनीहरुको उद्धार गरेर जोमसोम ल्याएका छौँ ।” उद्धार कार्यमा सम्बद्ध प्रहरी अधिकारीको भनाई छ ।

उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै शनिबार बिहानैबाट प्रहरीले उनीहरुको खोजी शुरु गरेको थियो ।