सतुङ्गलमा चौथो मि. फिटनेश फस्र्ट शारीरिक सुगठन

सतुङ्गलमा चौथो मि. फिटनेश फस्र्ट शारीरिक सुगठन


मि. फिटनेश फस्र्टको आयोजानामा ‘स्वास्थ नै धन हो’ भन्ने मूल नाराका साथ चौथो अन्तरक्लब मि. फिटनेश फस्र्ट शारीरिक सुगठन तथा मेन्स स्पोर्टस् फिजिक च्याम्पियनसिप चैत्र २४ गतेदेखि आयोजना हुने भएको छ ।

प्रतियोगिता सतुङ्गल पार्टी प्यालेसमा आयोजना हुने छ । क्लबका आफ्नै तीन शाखाहरुमा प्रशिक्षण लिईरहेका खेलाडीहरुका विच प्रतिस्पर्धा हुने आयोजक संघका बुद्धिजंग कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्रतियोगितामा ६०, ७०, ७० केजीमाथि तौल समूह तथा स्पोर्टस फिजिक तर्फ १६५ र १६५ सेमि माथि समूहमा प्रतिस्पर्धा गराईने पनि कार्कीले जानकारी गराए ।

तौल समूहतर्फका प्रत्येक तौल समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई स्वर्ण, रजत र कास्यका साथै प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै चौथो तथा पाँचौ हुने खेलाडीले ट्रफी, टि–सर्ट तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।

समूहगतबाट पहिलो हुने खेलाडीहरुविच पुनः ओभरअल प्रतिस्पर्धा गराई “मि. फिटनेश फस्र्ट”को उपाधिबाट सम्मान गरिने छ । ओभरअलमा पहिलो दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ३५ हजार, २० हजार र १० हजारका साथै ट्रफि, सप्लिमेन्ट, टि–सर्ट र ब्यानेटले सुसज्जित गरिने छ ।

यस्तै यिनै प्रतिस्पर्धिहरु मध्येबाट एक जना खेलाडी उत्कृष्ट पोजर घोषित हुने छन् । बेष्ट पोजरले नगद ५ हजारका साथै ट्रफी प्राप्त गर्ने छन् । फिजिक तर्फ पहिलो हुने खेलाडीले नगद १५ हजारका साथै स्वर्ण, ट्रफि, सप्लिमेन्ट, टि–सर्ट र ब्यानेटले सुसज्जित हुने छन् । दोश्रो हुने खेलाडीले रजत पदकका साथै ट्रफि, सप्लिमेन्ट, टि–सर्ट र ब्यानेट तथा तेश्रो हुनेले कास्य पदकका साथै ट्रफि, सप्लिमेन्ट, टि–सर्ट र ब्यानेटले सुसज्जित हुनेछन् ।

करिब ६ लाख ५० हजार राशीको अनुमानित बजेट रहेको प्रतियोगिताका दौरान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी क्लबका खेलाडीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।