राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत राष्ट्रिय टिम तयारीले सञ्चालन गरेको एनएससी हाइ लेभल स्पोर्ट्स साइन्स एन्ड प्लानिङ सेमिनार सम्पन्न भएको छ ।
राष्ट्रिय टिममा रहेका विभिन्न खेलका प्रशिक्षकलाई समावेश गरी सञ्चालित सेमिनार दुई भागमा विभाजनगरि प्रशिक्षण दिइएको थियो ।
चैत ४ देखि ८ गतेसम्म भएको पहिलो चरणमा मार्सल आर्ट बाहेकका खेल स्क्वास, आर्चरी, भारोत्तोलन, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, पौडी र ब्याडमिन्टनका ३१ प्रशिक्षक सहभागी थिए ।
त्यस्तै चैत १२ देखि १६ गतेसम्म सञ्चालित दोश्रो चरणमा तेक्वान्दो, कराते, जुडो, कुस्ती, बक्सिङ र उसुका ३७ प्रशिक्षकले सहभागिता जनाएको राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले जनाएका छन् ।
राखेपका सदस्यसचिव केशवकुमार विष्टले सहभागिलाई प्रमाणपत्र वितरण गर्दै आफूले सिकेको ज्ञानलाई पूर्ण रुपमा व्यवहारमा उतार्न प्रशिक्षकलाई निर्देशन दिएका थिए । सेमिनारका कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणा, डा. ज्ञानेन्द्र शाह र खेल विज्ञ सुलोचना सिजाख्वाले सेमिनार सञ्चालन गरेका थिए ।
प्रतिक्रिया