राखेप प्रशिक्षक भण्डारी र जोशी राष्ट्रिय तेक्वान्दोमा

राखेप प्रशिक्षक भण्डारी र जोशी राष्ट्रिय तेक्वान्दोमा


भिमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो प्रशिक्षक राजेन्द्र भण्डारी (डडेल्धुरा) चन्द्रदेव जोशी (कन्चनपुर) राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका छन् । भण्डारी र जोशीसँगै उक्त क्षेत्रका पाँचवटा तेक्वान्दो डोजाङका सयौं खेलाडी संघमा प्रवेश गरेका थिए ।

संघमा प्रवेश गर्ने तेक्वान्दोका प्रशिक्षक तथा खेलाडीहरुलाई राष्ट्रिय तेक्वान्दो संघ नेपालका संरक्षक परिषदका सदस्य प्रदीप जोशीले टीका माला लगाएर एक कार्याक्रमका बीच स्वागत गरेका थिए । सो अवसरमा नगरका वडाअध्यक्ष लगायत विशेष व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा संघका संरक्षक सदस्य जोशीले तेक्वान्दो खेलको विकास र विस्तारमा निरन्तर तीन दशक योगदान दिएका प्रशिक्षक तथा खेलाडीहरुलाई सम्बोधन गर्दै नेपालमा तेक्वान्दो खेलको विकासको लागि राष्ट्रिय तेक्वान्दो संघभन्दा अर्को संघ नभएको दाबी गरेका थिए । त्यस्तै सात नम्वर प्रदेशका तेक्वान्दो प्रशिक्षक र खेलाडीले संघमा आवद्धता जनाउनु आफैमा स्वागतयोग्य कुरो भएको बताउँदै जोशीले आवद्ध हुनु भएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा राखेप तेक्वान्दो प्रशिक्षक तथा संघका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, राखेप तेक्वान्दो प्रशिक्षक राजेन्द्रसिंह आले (बाके) र भिम थापा (बर्दिया ) लगायतको उपस्थिति रहेको थियो ।