अमेरिकी नागरिक जोनले गरे ट्रमा सेन्टरमा आत्महत्या

अमेरिकी नागरिक जोनले गरे ट्रमा सेन्टरमा आत्महत्या


बिरामी भएर उपचारका लागि अस्पताल भर्ना भएका एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन्् । आइतबार साँझपख वीर अस्पतालमा रहेको ट्रमा सेन्टरको छैटौँ तलाबाट हाम्फालेर जोन नामक अमेरिकी नागरिकले आत्महत्या गरेका हुन् ।

आइतबार साँझ ५ः४० बजे अस्पतालको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए ।

बताइएअनुसार उपचारका लागि भर्ना भएका जोनले एक्कासी छैटौँ तलाबाट हाम्फालेर आत्महत्या गरेका हुन् । उनको पूरा नाम अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । उनका बारे थप बुझ्ने कार्य भइरहेको छ ।