एबीएफआई प्रेसिडेन्ड बेसबल कपमा खेलाडी छनोट

एबीएफआई प्रेसिडेन्ड बेसबल कपमा खेलाडी छनोट


नेपाल बेसबल तथा सफ्टबल संघले भारतको गुवाहटीमा हुने एबीएफआई प्रेसिडेन्ट कपमा सहभागी हुने नेपाली टोलीको छनोट गरेको छ । अप्रिल २२ देखि २७ तारिखमा हुने प्रतियोगिताका लागि १८ सदस्यीय खेलाडी टोली छनोट गरिएको संघका उपाध्यक्ष प्रदीप खातीले जनाएका छन् ।

खेलाडीहरुमा मनकुमार माल, विमल मगर, सुकिन थापा, खडक विष्ट, मोहम्मद हुसेन, ईश्वर केसी, सगुन खिचाजु, अनिल परियार, विनोद कोइराला, ईश्वर केसी, सगुन खिचाजु, अनिल परियार, विनोद कोइराला, प्रकाश पुजारा, अचित कार्की, सुवास बोहरा, निश्चल केसी, मिलन थापा, पदमसिंह पुजारा, नरेन्द्रप्रसाद जोशी, दिनेश भण्डारी र प्रशान्त शाक्य रहेका छन् । छनोट ललिपतुरको मल पोखरीमा भएको थियो ।