महानगरपालिकामा फेसबुक प्रतिबन्ध

महानगरपालिकामा फेसबुक प्रतिबन्ध


पोखरा लेखनाथ महानगरपालिकामा कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि नगरपालिका प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो ।

बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए । उक्त समयमा फेसबुक नचल्ने बनाइएको छ । इन्टरनेटको राउटरमै फेसबुकको वेबसाइट ब्लक गरिएको हो ।

व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको समयमा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने प्रमुख जिसीको भनाई छ ।