राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई लक्षित गरी बृहत स्वास्थ्य परिक्षण सुरु गरेको छ ।
स्वास्थ्य परीक्षण चैत मसान्तसम्म सञ्चालन हुने केन्द्रका प्रमुख तिलक नेपालीले जनाएका छन् । त्यसपछि बैशाखदेखि विशेष बन्द प्रशिक्षणमा रहने खेलाडी र प्रशिक्षकका लागि पुनः परीक्षण सुरु गरिने छ ।
बृहत स्वास्थ्य परीक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उदघाटन गरे । प्रमुख नेपालीले राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय पदकधारी, खेलाडी, प्रशिक्षक र कर्मचारी परिवारका लागि पनि दृष्टि आँखा केन्द्र, कलंकी र दीर्घायु गुरु अस्पताल, चावहिलसंग निःशुल्क वा सहुलियत दरमा उपचारका लागि कुराकानी भइरहेको बताए ।
प्रतिक्रिया