इवाचौर सामुदायिक क्लबले प्रथम जिल्लाव्यापी खुल्ला मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मेलम्चीमा भएको फाइनलमा इवाचौरले आयोजक मेलम्ची नगर युवा क्लबलाई २५–१७, २४–२६, २५–१३ र २६–२४ को सोझो सेटमा पराजित गरेको थियो । उपाधिसंगै इवाचौरले १ लाख दोश्रो भएको मेलम्ची नगर युवा क्लबले ७५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।
त्यस्तै मेलम्ची नगरपालिका ८ ले मेलम्ची नगरपालिका १ लाई २६–२८, २५–१९, २१–२५, २५–२१ र १५–११ ले पराजित गर्दै तेश्रो स्थान हासिल गर्दै ५० हजार नगद पुरस्कार हात प्राप्त गरेको थियो ।
मनोज लामा उत्कृष्ट खेलाडी तथा लोकश तामाङ उत्कृष्ट स्पाइकर चुनिए । उपाधि विजेता टोली इवाचौरका दुवैले जनही १० हजार नगद पुरस्कार हासिल गरे । चारदिने प्रतियोगितामा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक क्लबका अध्यक्ष सानुबाबु गिरीले जनाएका छन् ।
प्रतिक्रिया