आयोजक जेभियर इन्टरनेसनल कलेजले जेभियर इन्टरनेसनल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बौद्धस्थित घरेलु कोर्टमा भएको फाइनलमा जेभियरले सेन्ट जेभियर्स कलेजलाई ४६–४४ ले पराजित गऱ्यो । जेभियरको जितमा कुन्केन लामाले १७ अंक योगदान गरे । कुन्केन प्रतियोगिताकै सर्वा्धिक स्कोरकर्ता पनि बने । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार हात पारे ।
जेभियरका निकेश मगर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । उनले ५ हजार नगद पुरस्कार पाए । जेभियरकै नृपेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । साताव्यापी प्रतियोगितामा ११ टिम सहभागी थिए ।
प्रतिक्रिया