तेक्वान्दोमा च्याम्पियनसीपमा नेपाली टोलीलाई ११ पदक

तेक्वान्दोमा च्याम्पियनसीपमा नेपाली टोलीलाई ११ पदक


चौधौं एयू प्रिन्सेस कप तेक्वान्दो च्याम्यिनसिपमा सहभागि नेपाली टोलीले ५ रजत र ६ कांस्य गरी ११ पदक जितेको छ ।

थाइल्यान्डको बैंककमा सम्पन्न प्रतियोगिताको पुरुष ३६ केजीमा अर्जेश सिम्खडा, ५३ केजीमा राहुल गुरुङ र ५४ केजीमा बसन्त तामाङले रजत जिते । पुम्से हरियो पेटीको पुरुषमा शुभ सुवेदी र महिलामा माया पाण्डेले रजत हात पारे ।

पुरुष २७ केजीमा मुकेश पाण्डे, ३७ केजीमा सौरभ बस्नेत, ३० केजीमा अर्पण पाण्डे, पुम्से कालो पेटीमा राजेन्द्र डंगोल र राजकुमार ठकुरीले कांस्य जिते । महिला ४० केजीमा नम्रता कँडेलले कांस्य जितेको टिम प्रशिक्षक अशोक खड्काले जनाएका छन् ।