कांग्रेस नेता स्व. खड्काप्रति श्रद्धाञ्जली

कांग्रेस नेता स्व. खड्काप्रति श्रद्धाञ्जली


राजविराज । उपचारका क्रममा निधन भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काप्रति सोमवार राजविराजमा एक कार्यक्रमको आयोजना गरी शोक तथा श्रद्घाञ्जली व्यक्त गरिएको छ ।

नेपाली काँग्रेस २ नं. क्षेत्रिय समितिको आयोजनामा सोमबार राजविराजस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी स्वर्गीय खडकाको निधनप्रति श्रद्घाञ्जली व्यक्त गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले स्व. खडकाको तस्बिरमा फूलमाला अर्पण गरी श्रद्घाञ्जली व्यक्त गरेका थिए । क्षेत्रिय सभापति महानन्द यादव, पूर्वसांसद रंजित कर्ण, नगरसभापति शम्भुलाल देव, तरुण दलका अनिल देव, महासमिति सदस्य ध्रुव देव, अजित कुमार मिश्र (पप्पु), कासिम अंसारी, श्यामकिशोर शर्मा लगायतले नेता खडकाको निधनले पार्टीलाई अपूर्णिय क्षति भएको भन्दै शोकलाई शक्तिमा बदलेर अघि बढनुपर्नेमा जोड दिएका थिए । उनीहरुले ले नेता खड्का मुलुकको सच्चा सपूत भएको स्मरण गराउँदै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।