सत्यमोहन जोशीलाई सवारीसहित मोबाइल र सुरक्षाकर्मी

सत्यमोहन जोशीलाई सवारीसहित मोबाइल र सुरक्षाकर्मी


वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मानस्वरुप ललितपुर महानगरपालिकाले चालकसहित सवारी साधन र एक सुरक्षाकर्मी प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई सम्पर्क गर्न मोबाइलसहित सवारी साधन हस्तान्तरण गरेका छन् ।

शताब्दी पुरुषको सम्मानमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व जोशीले महानगरपालिकाले गरेको सम्मानबाट आफूले गौरवको महसुस गरेको बताउनुभयो भने महाननगर प्रमुख महर्जनले जोशीजस्ता महान् व्यक्तिलाई सम्मान गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको अभिव्यक्ति दिनुभयो ।

गाडीका लागि आवश्यक खर्चसमेत महानगरपालिकाले ब्यहोर्ने महाननगर प्रमुख महर्जनले जानकारी दिए ।