रोहिणी गाउँपालिकाका प्रत्येक वडामा १ करोड ६ लाख बढी बजेट बिनियोजन

रोहिणी गाउँपालिकाका प्रत्येक वडामा १ करोड ६ लाख बढी बजेट बिनियोजन


रुपन्देहीको रोहिणी गाउँपालिकामा चालु आर्थिक वर्षमा वित्तीय समानीकरण कार्यक्रमतर्फ प्राप्त हुने कुल २७ करोड, ९ लाख ३८ हजार रकम गाउँपालिकाका सातवटै वडामा सञ्चालन हुने योजना तथा कार्यक्रमको लागि समानुपातिक रुपमा प्रतिवडा १ करोड, ६ लाख ५ हजारका दरले ७ करोड, ४२ लाख, ३५ हजार विनियोजन गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाबाट सीमाक्षेत्र विकास कार्यक्रम तर्फ ७७ लाख, ५३ हजार रुपैँया सीमा क्षेत्रसँग जोडिएर रहेका ५ वटा वडामा पूर्वाधार निर्माण तथा सचेतना कार्यक्रमहरुमा खर्च गर्ने गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले बताएका छन् ।

गाउँपालिकाले भवन निर्माणका लागि १ करोड, ३१ लाख ५९ हजार ५ सय ७०, सडक तथा पुल निर्माणमा ४ करोड ६० लाख २० हजार, विद्युत संरचना निर्माणमा ३० लाख ७७ हजार, तटबन्ध तथा बाध निर्माणमा १० लाख, सिँचाई तथा संरचना निर्माणमा ७४ लाख ६० हजार, खानेपानी संरचना निर्माणमा ६३ लाख, ४५ हजार, सरसफाइको लागि ७७ लाख ५५ हजार, अन्य सार्वजनिक निर्माणमा ५ करोड ५८ लाख ८८ हजार ८ सय ७० रुपैँया, पुँजीगत सुधार खर्च सार्वजनिक निर्माणमा ४४ लाख, ८३ हजार १ सय ३० रुपँैया, पुँजीगत अनुसन्धान तथा परामर्शमा १३ लाख र जग्गा प्राप्तिमा ७ लाख छुट्याएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्त सम्म चालु खर्च तर्फ ७ करोड २३ लाख ५६ हजार २ सय २२ रुपैँया तथा पुँजिगत खर्च तर्फ २ करोड २७ लाख, ४७ हजार ४ सय ४३ रुपैँया गरी ९ करोड ५१ लाख ३ हजार ६ सय ६५ रुपैयाँ खर्च भएको छ ।

गाउँपालिकाले गत चैत १३ गते गाउँपालिकाको दोस्रो गाउँ सभाबाट सर्वसहमतिमा ८ ओटा विधेयक पारित गरेको छ । पारित भएका विधेयक मध्ये प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४, पूर्वाधार विकास सम्बन्धी ऐन २०७४, सहकारी विधेयक २०७४, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४, कृषि व्यवसाय प्रवद्र्धन उेन २०७४, न्यायिक समिति कार्यविधि ऐन २०७४, शिक्षा ऐन २०७४ र स्वास्थ्य तथा सरसफाई ऐन २०७४ पारित गरेको छ ।

गाउँपालिकाले छोरा छोरीमा हुने विभेद अन्त्य गर्नकालागि छोरी जन्माउने आमाको प्रोत्साहनको लागि १ हजार दिँदै आएको छ । कृषिको व्यवसायिकरणमा स्थानीयहरुलाई अभिप्रेरित गर्न उन्नत जातको बिउविजनको साथै मलको समुचित व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।
पुनहरि बेल्बासे