सहकारीविज्ञ प्रधानाङ्ग सम्मानित

सहकारीविज्ञ प्रधानाङ्ग सम्मानित


६१ औं राष्ट्रिय सहकारी दिवशको अवसरमा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई सम्मानित गरिएको छ । सहकारी क्षेत्रका धरोहरका रुपमा चिनिने प्रधानाङ्गलाई कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले एक लाख रुपैयाँको पुरस्कारसहित सम्मान गरेको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का पूर्वअध्यक्ष समेत रहेका प्रधानाङ्गलाई नेपालको सहकारी क्षेत्रको प्रवर्द्धन, नेतृत्व, व्यवस्थापन, अध्ययन तथा अनुसन्धानमा ठूलो योगदान पुऱ्याएको भन्दै पुरस्कृत गरिएको हो । मन्त्रालयमा आयोजित विशेष कार्यक्रमबीच सम्मान गर्दै प्रधानाङ्गलाई नगद एकलाख रुपैयाँसहित सम्मान गरिएको हो । उचित व्यक्तिको सम्मान तथा कदर भएको भन्दै सम्बद्ध क्षेत्रका व्यक्ति व्यक्तित्वले यसको स्वागत गरेका छन् ।