इण्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय तेक्वान्दो संघ–नेपालले खेलाडी छनोट गरेको छ । संघले बन्द प्रशिक्षणमा रहेका विभिन्न तौल समुहका ३० जना खेलाडीवाट १२ जना खेलाडी छनोट गरेको हो । संघले १० जना केरोगी र २ जना खेलाडी पुम्सेबाट छनोट गरेको हो ।
चैत्र १९ गते भएको विभिन्न तौल समुहको छनोंट प्रतियोगितामा पुरुषतर्फ ५७ केजी मुनी विभेष भट्टराई, ६३ केजी मुनी शुक्र विक, ६८ केजी मुनी प्रेमबहादुर नेपाली, ८० केजीमा सुजन रोक्का मगर र ८० केजी माथि धीरेन्द्र कठायत आ–आफ्नो तौल समुहमा विजयी हुँदै अन्तिम छनोट चरणमा प्रवेश गरेका थिए ।
त्यस्तै महिलातर्फ ४६ केजी मुनि डिना तामाङ, ५३ केजी मुनी अन्जली चौधरी, ५७ केजी मुनी सुनिता तामाङ, ६७ केजी मुनी विन्दु परियार र ६७ केजीमाथि कल्पना श्रेष्ठ आआफ्नो तौल समुहमा विजय हासिल गरेका थिए । यसैगरि पुुम्सेतर्फ सविना भट्टराई र रामचन्द्र गोपाली छनोंट भएका थिए ।
अब यी छनोट भएका खेलाडीहरुको अन्तिम छनोट राष्ट्रिय खेलकुद परिषदले गर्नेछ । नेपालमा दुईवटा तेक्वान्दो संघ भएकाले दुवै संघका खेलाडीविच हुने अन्तिम प्रतिस्पर्धावाट छनोंट हुने खेलाडीले इण्डोनेसियामा हुने एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । १८ औं एसियाडमा यिनै १० तौल समुहमा नेपाली तेक्वान्दो खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।
खेलाडीहरुको छनोंट वरिष्ट तेक्वान्दो प्रशिक्षक शेरबहादुर थापा मगर र ध्रुवबहादुर गुरुङले गरेका थिए । सो अवसरमा राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोईराला लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा संघका पदाधिकारी र प्रशिक्षकले छनोंट भएका खेलाडीलाई अन्तिम प्रतिस्पर्धाको लागि विशेष तयारी गर्न सुझाएका थिए । त्यसको लागि बन्द प्रशिक्षणमा विशेष मेहनत गर्न गर्नको लागि हौसला प्रदान गरेका थिए ।
प्रतिक्रिया