जिल्लाकै सर्वाधिक राशीको मेयरकप सुरु

जिल्लाकै सर्वाधिक राशीको मेयरकप सुरु


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रथम चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप फुटबल प्रतियोगिताको पहिलो खेलमा एन्फा यू १६ टिम विजयी भएको छ । विजेतालाई २ लाख रुपैयाँ पुरस्कार राशी रहेको पहिलो खेलमा चौतारा युवा समूहलाई ८–१ ले हराउँदै एन्फा यू १६ले जति हासिल गरेको हो ।

१७ टिम सहभागी भएको पहिलो खेलमा एन्फाका कार्लोस बाख्रेलिड एक्लैले चार गोल गरे । एन्फाकै अशोक किङरिङले दुई गोल गरे । चौताराको तर्फबाट अंकित राजथलाले एक गोल गरेका थिए । पहिलो खेलमा सर्वाधिक गोलकर्ता एन्फाका कार्लोसलाई म्यान अफ दि म्याच घोषणा गरी ट्रफी र नगद प्रदान गरिएको थियो ।

तोप एक्काइसद्वारा आयोजित यो प्रतियोगितामा प्रथम हुने टिमलाई दुई लाख नगद र द्धितिय हुने टिमलाई एक लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । खेल अवधिभरको उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई ४२ इन्चको टेलिभिजन प्रदान गरिने तोप एक्काइसका अध्यक्ष अशोक कार्कीले जानकारी दिए । नकआउट प्रणालीमा हुने प्रतियोगितामा कुल १६ वटा खेल हुनेछन् । प्रत्येक खेलमा म्यान अफ दी म्याचलाई नगद तीन हजार दिइनेछ भने जिल्लाभित्रका खेल जित्ने टिमलाई पाँच हजार र हारेमा तीन हजार प्रोत्साहन रकम दिइने अध्यक्ष कार्कीले बताए ।

मेगर कप प्रतियोगिता दस दिनसम्म चल्नेछ । मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।