‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ स्वीकृत

‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ स्वीकृत


राष्ट्रियसभाको मंगलबार बसेको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ लाई सर्वसम्मतले स्वीकृत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यसअघि बैठकमा उक्त प्रस्ताव प्रस्तुत गर्दै चिकित्सा शिक्षा क्षेत्रमा देखिँदै आएको विकृति र विसंगतिलाई अन्त्य गर्न अध्यादेश ल्याइएको बताए ।

उनले मुलुकमा विकासको अवधारणालाई सन्तुलित तुल्याउन ल्याइएको अध्यादेशबाट शिक्षा क्षेत्रमा दूरगामी महत्व रहेको धारणा व्यक्त गरे ।

अधिवेशन अन्त्य

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रियसभाको पहिलो अधिवेशन आजै राति १२ देखि अन्त्य भएको जानकारी दिए ।

फागुन २१ गते पहिलो बैठक बसेको राष्ट्रियसभा नौ दिन दशपटक सञ्चालन भएकामा सात घण्टा २० मिनेट चलेको जानकारी दिइयो ।

यो अवधिमा राष्ट्रियसभाले अध्यक्ष र उपाध्यक्षको चयन गर्नुका साथै बैठक सञ्चालनसम्बन्धी अन्तरिम नियमावली पारित गरेको थियो ।