संगठित र योजनावद्ध रुपमा सांस्कृतिक अतिक्रमण भईरहको छ : कमल थापा

संगठित र योजनावद्ध रुपमा सांस्कृतिक अतिक्रमण भईरहको छ : कमल थापा


राप्रपाका अध्यक्ष कमल थापाले पछिल्लो समय नेपालमा संगठित र योजनावद्ध रुपमा सांस्कृतिक अतिक्रमण भईरहको बताएका छन् ।

बुधबार एक ट्विट गर्दै अध्यक्ष थापाले सोको बारेमा खुलस्त पारेका ह्न् । ‘नेपालको धार्मिक सा‌ंस्कृतिक पहिचान संकट परेको छ ।’ उनले लेखेका छन्, ‘संगठित र योजनावद्ध रुपमा सांस्कृतिक अतिक्रमण भैरहेछ ।’

सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका थापाले कुनै धर्मप्रति असम्मान वा वितृष्णा होइन तर स्वधर्मको रक्षा हाम्रो कर्तव्य भएको भन्दै यसमा राज्यको पनि जिम्मेवारी रहेको बताए ।

उनले ट्विटमा लेखेका छन्, ‘धार्मिक स्वतन्त्रताको सम्मान गरौं, सनातन धर्मको रक्षा गरौं ।’