‘खुल्ला दिशामुक्त जिल्ला घोषणा’को चौतर्फी विरोध

‘खुल्ला दिशामुक्त जिल्ला घोषणा’को चौतर्फी विरोध


– हेमशंकर सिंह

राजविराज । मापदण्डविपरीत सप्तरी जिल्लालाइ खुल्ला दिशामुक्त घोषणा गर्न लागिएको भन्दै सप्तरीवासीले सोको विरोध गरेको छ । तोकिएको मापदण्डविपरीत आज घोषणा हुन लागेको जिल्ला खुल्ला दिशाामुक्त घोषणा सभामा सहभागी नहुन मधेशी चेतना समाजले प्रदेश न. २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्रकुमार सोनललाई आग्रह गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा तोकिएको मापदण्ड पुरा नै नगरी जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न लागिएको प्रति अफुहरुको ध्यानाकर्षण भएको भन्दै सत्य तथ्य नबुमmी घोषणसभामा सहभागी नहुन सरोकारवालाहरुसंग आग्रह गर्दै त्यसो नभए आफुहरुले कार्यक्रम स्थलमै विरोध जनाउने चेतावनी समेत उनिहरुले दिएका छन् । समाजका अध्यक्ष तेजकान्त मmाले मन्त्री सोनललाई टेलिफोन गरी सहभागी नहुन आग्रह गरेको बताए ।

केहि बेरअघि मात्र उनको अगुवाईका समाजका प्रतिनिधि मण्डल राजविराज स्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पुगेर जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न दातृ निकायबाट प्राप्त अनुदानको बिवरणसहित गैर सरकारी संस्थाहरुलाई उपलब्ध गराइएको रकमको विवरणसहितको तथ्यांक माग गर्दै निवेदन दर्ता गराएका छन् ।

सप्तरी जिल्लाको प्रत्येक घरमा चर्पी र्निमाण नहुँदै जिल्ला घोषणा हुन लागेको भनी संचारमाध्यममा आएको समाचारप्रति आफनो ध्यानाकर्षण भएको मन्त्री सोनलले बताए ।

घटना र विचारसँगको टेलिफोन संवादमा मन्त्री सोनलले सप्तरी पुगेर सरोकारवालाहरुसँग बैठक र स्थलगत अनुगमन गरी सत्यतथ्य बुझेर मात्र घोषणाको प्रक्रिया अगाडि बढाइने बताए ।

युनिसेफ, युएनहयाविटयाट लगायतका अन्तरर्राष्ट्रि गैरसरकारी संस्थाहरुबाट अभियानका लागि प्राप्त ३५ करोडभन्दा बढी रकमको दुरुपयोग भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारीहरुले समेत आरोप लगाएका छन् ।

कार्यालय प्रमुख डिई लोकेन्द्र यादव स्थानीय भएको रवाफ जमाउदै एकलौटी मनपरी ढंगबाट कार्यक्रम सचालन गरेको आरोप उनीहरुको छ ।

थत खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रवक्ता समेत रहेका इन्जिनियर शैलेन्द्र झाले जिल्लाको सबै स्थानीय तह घोषण भइसकेको र आज जिल्ला घोषणा भइरहेको भन्दै सो बाहेक केहि जानकारी नरहेको बताए ।

स्थानीयतह घोषणाका बेला भद्दा नृत्यको चौर्तफी आलोचनापछि आज जातीय संघसगठनको झाँकी र स्थानीय सांस्कृतिक टोलीहरुलाई बोलाइएको छ ।