उपसचिवद्वारा आत्महत्या

उपसचिवद्वारा आत्महत्या


प्रदेश नं. ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि अर्यालले आत्महत्या गरेका छन् । विगत केहि समयदेखि डिप्रेसनबाट पीडित अर्यालले ‘सुसाइड नोट’ लेखेरै भैरहवास्थित सरकारी क्वाटरमा आत्महत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिए । अर्याललाई आफ्नै कार्यालयको क्वाटरमा पंखा भुण्डाउने फलामको कुण्टीमा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

भरतपुर महानगरपालिका–११ जागृति चोक स्थायी घर भएका अर्याल करिब २ सातादेखि भैरहवा बस्दै आएका थिए ।

मंगलबार दिउँसो २ बजेतिर बिरामी छु भन्दै मन्त्रालयबाट क्वाटरमा गएका अर्याल एक्लै कोठामा बसेको र सँंगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । उनीसँगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए ।

गत वर्ष नवलपरासीको दाउन्नेमा भएको सवारी दुर्घटनामा परी छोरीको मृत्यु भएपछि उनी डिप्रेसनमा परेको बुझिएको छ । प्रहरीले अर्यालको शवलाई परिवारको जिम्मा लगाइदिने तयारी गरेको छ ।