किन मनाउने शिवरात्रि ?-ब्रह्माकुमार रामसिंह ऐर

किन मनाउने शिवरात्रि ?-ब्रह्माकुमार रामसिंह ऐर


त्रिदेवका पनि देव सत्यम् शिवम् सुन्दर परम्ज्योर्तिमय, मुक्तेश्वर, पापकटेश्वर भगवान् शिव पशुपतिनाथले कल्प पूर्वमा गरेको मानव कल्याण र जगत् कल्याणको महान् दिव्य कर्तव्यको यादगार पर्व महाशिवरात्रि हो । फागुन महिनाको कृष्ण पक्षको चौधौँ धोररात्रिको बेला विविध रीतिरिवाज र मान्यताका साथ मनाइने यस पर्वले पूरा सृष्टिको नै घोर अज्ञान र अन्धकार अवस्थालाई सङ्केत गर्छ । विश्वइतिहास, प्राचीन सभ्यता र संस्कृतिको उत्खनन्, उपलब्ध शास्त्र, पुराण, धर्मग्रन्थ तथा नेपाल, भारत र विश्वका अनेकौँ स्थानमा उपलब्ध शिवमन्दिरमा स्थापित शिवलिङ्ग, शिव परमात्माको स्मरण दिलाउने प्रतिमा तथा विश्वका मुुख्य धर्मग्रन्थ र धर्म स्थापकहरूले प्रतिपादन गरेको मूल सन्देशको गहिरो अध्ययन गरी सत्यको निचोडमा पुग्ने हो भने यो पर्व विश्वका सर्वधर्म, मान्यता र मतका मानिसहरूका लागि उत्तिकै महत्त्व र आस्थाको पर्व हो भन्नमा आपत्ति हुने छैन, बरु यस पर्वले विश्वका सबै धर्म, जाति सम्प्रदायका बीच आपसी स्नेह, सम्मान र समझदारीको दरो सुमधुर सम्बन्ध स्थापना गर्नेछ ।
सबैले परमात्माको विषयमा व्याख्या गर्दा भन्ने गर्छनर््र् इश्वर एक हो, सर्वज्ञ हो, सर्वमान्य, सर्वोपरि र सबै गुणमा आनन्त हो र्।र् इश्वर आकाया अव्यक्त, अयोनिज, अभोक्ता र कालगतिबाट मुक्त सत्ता हो । उल्लेखित गुण र विशेषताको विषयमा चिन्तन गर्ने हो भने कुनै पनि भौतिक शरीरधारी देवआत्मा, धर्मात्मा, महात्मा र पुण्यआत्माहरू त्यस रेखाभित्र पर्न सक्दैनन् किनकि कुनै पनि शरीरधारी पुरुषर् इश्वर सत्ताका रूपमा सर्वस्वीकार्य हुन सक्दैनन् । शरीर धारण गर्ने कुनै पनि सामान्य व्यक्ति वा महापुरुष सर्वज्ञ, सर्वोपरि र कालचक्रबाट मुक्त हुन सक्दैन । अत: यस अर्थमा परमात्मा शिवको स्वरूप तथा उहाँको विषयमा वरि्णत तथ्य सत्यलाई विचार गर्ने हो भने यस पक्षमा यथार्थको कसीमा पुग्न सकिन्छ ।
संसारका सबै मूलधर्म इस्लाम, किश्चियन, यहुदी, बौद्ध, जैन, शिखलगायतले परमात्माको स्वरूपलाई प्रकाशमय रूपमा नै स्वीकार गरेका छन् । आ-आफ्नो भाषामा कसैले न्यम ष्क ीष्नजत भनेका छन् भने परमात्मा ‘नूर’ तथा अरहन्त, जेहोवा, -ज्योति) एवम् एकांेकार सत् नामबाट पुकार गरेका छन् । ती सबै शब्द अन्तत: प्रकाश स्वरूपलाई अङ्कित गर्छन् । हिन्दू सनातन दर्शन, पुराण तथा प्राचीन शिवमन्दिरमा स्थापित शिवलिङ्गले पनि परमात्माको स्वरूपलाई ज्योर्तिमय एक दिव्य प्रकाशका रूपमा नै वर्णन गरेका छन् । शास्त्रीय लाक्षणिक भाषामा सृष्टिको प्रलयकारी घडीमा एक प्रकाशको पुञ्ज ब्रह्माजीको भृकुटीमा प्रकट भई जगत्को कल्याण गरेको उल्लेख छ । मनुस्मृति तथा वेदको भाषामा पनि विद्युतीय पुरुष -प्रकाशमय स्वरूप) द्वारा सृष्टिको महाविनाशको घडीमा समस्त प्राणीको उद्धार भएको वर्णन छ । गीताका अनुसार ज्योतिमा पनि परम् ज्योति परमात्मा जसले अज्ञान र अन्धकारको निवारण गर्छ र सबै योगिजनहरूले याद गर्छन् भन्ने व्याख्या छ । नेपाल, भारतका सबै प्राचीन शिवमन्दिरमा स्थापित शिव प्रतिमाले शिवको प्रकाशमय आकाया स्वरूपको मुक्तकण्ठले सङ्केत दिइरहेको छन् । प्राचीन सबै सभ्यता संस्कृतिको उत्खन्ान्, अनुसन्धानबाट प्राप्त तथ्यहरूले पनि त्यस कालका सबै मानिसले परम्ज्योति स्वरूपको नै ध्यान, उपासना र भक्ति, आराधना गर्ने गरेको कुरा स्पष्ट हुन्छ । मोहन जोदडो, हडप्पा, चुन्हो ज्ाोदको सभ्यताको उत्खननबाट प्राप्त शिवलिङ्ग नन्दीगणसँग सम्बन्धित मोहर-शीलहरूले पनि त्यस बेलाका मानिसहरूले शिवलाई आराध्यदेवका रूपमा स्वीकार गरेको प्रस्ट हुन्छ । बेबिलोन सभ्यतामा शिउन, मिश्रको सभ्यतामा शेवा, शेवाजिया नामले पुकारा गर्नु शिव शब्दको नै अपभं्रश भएको कुरा सिद्ध हुन्छ । रोममा शिवलिङ्गलाई प्रियपस, चीनमा हुवेड-हिफेह तथा युनानमा शिवलिङ्गलाई फल्लुस नामले पूजा गर्ने चलन थियो । यसैगरी अमेरिकाको टेन्सी सहरमा शिवलिङ्गलाई धनलिङ्ग र दक्षिण अमेरिकाको ब्राजिल सहरमा समेत शिवलिङ्गको पूजा हुने चलन छ । यहुदीहरूमा बेलफेगो बाले नामको शिवलिङ्गका अगाडि शपथ लिने चलन छ । यी सबै मान्यता, विश्वास र प्रचलनका तथ्यले परमात्माको प्रकाशमय रूप सर्वस्वीकार्य भएको कुरालाई पुष्टि गर्छ । सिन्ध प्रान्तका सनातनीहरूमा एउटा अनौठो परम्परा छ । खासगरी त्यहाँका व्यापारीहरू गणना गर्दा जहाँ शून्य आउँछ त्यसलाई शून्य नभनेर शिव भन्ने गर्छन् अर्थात् एकदेखि दससम्मको गणनामा जब दस आउँछ उनीहरू शिव भन्ने गर्छन् । यसबाट पनि के प्रस्ट हुन्छ भन्दा शिव कुनै भौतिक रूप नभएर एक सूक्ष्म ज्योर्तिय स्वरूप, ज्योति बिन्दु, ज्ञान सिन्धु, शिव शुभ, कल्याणकारी र लाभकारी शाश्वत शक्तिस्वरूप हुुनुहुन्छ भन्छ भन्ने कुरालाई जोड दिन्छ ।
एउटा खुल्दुली हुने तर गम्भीरतापूर्वक विचार गर्नुपर्ने सत्य के छ भने जसरी हामी शिवरात्रि पर्वलाई बडो धुमधामसँग श्रद्घापूर्वक मनाउने गर्दछौँ त्यसैगरी मुसलमान बन्धुहरूले शवेरातलाई अति हर्ष-उल्लासका साथ मनाउने गर्छन् । वास्तवमा शिवरात्रि शवेरात्रि एउटै परमात्मा शिवको याद्गार पर्व हो । यदि यो सत्य मानिसको बुद्धिमा प्रस्ट हुने हो भने शिवरात्रि यहुदी, क्रिस्तान, मुसलमान तथा अन्य सबै धर्मले अति श्रद्धाका साथ महत्त्व दिनेछन् । उनीहरूभित्र एउटा उच्च भावनाको उत्पत्ति हुनेछ कि हामी सबैको आराध्यर् इश्वर नामले जेहेवा, अल्लाह, गाडर्,र् इश्वर जे भने पनि ऊँ एउटै ज्योतिकार्य कल्याणकारी परमात्मा शिव नै हो । अतर्:र् इश्वरको विषयमा आपसी वादविवाद र खिचातानी गर्नु र्व्यर्थ, फाल्तु र अज्ञानजन्य कुरा हुनेछ । यस अज्ञान अन्जानका कारण नै धर्मको विषयलाई लिएर इतिहासकालमा युद्ध, फसाद र रक्तरञ्जित खेलहरू हुन पुगे । अद्यावधि यस सत्यको बोधको अभावमा विविध, जाति, धर्म, रंग, लिङ्ग, वर्णको भेदभाव समाज, राष्ट्र र विश्वव्यापी रूपमा मौजुदा नै छ । यसबाट पूर्ण मुक्तिका लागि नयाँ ढङ्गको सोच तथा शिवरात्रि पर्वको परिपाटीलाई अर्थसहित मनाउनुु उचित हुनेछ ।
यस शिवरात्रि पर्वलाई सर्वधर्म स्नेह मिलनका रूपमा रूपान्तरण गर्ने पर्वको अवसरमा गाँजा, भाँङ, चरेस सेवन गरेर लठ्ठ हुने, विवेकशून्य हुने, अन्न भोजन ग्रहण नगरी उपासना गर्ने, रातभरि नसुतेर पुराना काठदाउरा जलाई धुनी ताप्नेजस्ता परम्परागत क्रियाकलापमा मात्रै सीमित नरहेर परमात्मा शिवको विश्वव्यापी मान्यता, उसको. सत्यस्वरूप र महान् कर्तव्यको जनजनलाई बोध गराउनु परिणाममुखी हुनेछ । यसका लागि प्रत्येक नरनारीले एक-दुई दिनको अल्पकालीन नियम, संयम, ब्रत, जागरण गर्नुभन्दा पनि जीवनपर्यन्त आफ्ना काम, क्रोध, लोभ, मोह, अहंकार्रर् इष्र्या, घृणाजस्ता मनभित्र गडेका विषय विकारहरूलाई परमात्मा शिवमाथि स्वाहा गरी उहाँको ज्ञान, योग र साधनाको मस्तीमा स्वयम्लाई तल्लीन र तन्मय गर्नुपर्नेछ । संसारका सम्पूर्ण मानव जाति आत्मिक रूपमा परमात्माका नै अमर सन्तान हुन् । अत: मेरो सबैलाई हेर्ने दृष्टिकोण आत्मा भाइभाइको हुनुपर्छ । यसप्रकारको आत्मिक नाता र व्यवहारबाट निश्चित रूपमा सबै प्रकारका सङ्कुचित मान्यता र विचारको अन्त्य हुन गई विश्वबन्धुत्वको भाव पैदा हुनेछ तथा बसुधैव कुटम्बकम्को सिद्धान्त लागू हुनेछ । यस अवस्थामा संसारका सबै धर्म र धर्मावलम्बीबीच आपसी सद्भाव, सम्मानभाव बनी सच्चा-सच्चा स्नेह मिलन हुनेछ । धर्तीको अज्ञान अन्धकार समाप्त भई नयाँ युगको पदार्पण हुनेछ । यो नै सही अर्थमा शिवरात्रि मनाउनुको औचित्य हुनेछ ।