मनसुनी गतिविधि जारी रहने

मनसुनी गतिविधि जारी रहने


पश्चिमी वायुको प्रभावले बुधबार देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ ।

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । उनका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा बुधबार ११.४ मिलिमिटर, देशभरमा सबैभन्दा बढी पोखरामा २५ मिलिलिटर तथा ताप्लेजुङमा चार मिलिलिटर वर्षा भएको छ ।