नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताको सन्दर्भमा मिल्न बाँकी विषय र मितिको टुङ्गो लगाउन पार्टी एकता संयोजन समितिको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव साढे दश बजे बैठक शुरु भएको हो।
यसअघि मंगलबारको संयोजन समितिको बैठकले पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन ग्रहण गरेको थियो । प्रतिवेदनमा आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिइएको छ ।
एकताको मिति र कार्यदलले मिलाउन बाँकी विषयमा छलफल गर्न आज एकता संयोजन समितिको बैठक बसेको हो । दुई दलबीच चुनाव चिह्न, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ ।
गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेपछि एकता प्रक्रियाले गति लिएको हो । तर, विभिन्न बहानामा एकता प्रक्रिया लम्ब्याउने र अन्योलमा पार्ने गरिँदै आएकोले सकारात्मक परिणाम आउनेमा अझै आशंका नै गरिएको छ ।
प्रतिक्रिया