विप्लव नेतृत्वका नेकपाका कार्यकर्ता पक्राउ

विप्लव नेतृत्वका नेकपाका कार्यकर्ता पक्राउ


विप्लव नेतृत्वको नेकपा माओवादीका तीन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुली मकवानपुर तथा सिन्धुली सर्लाही सीमाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

कपिल वाइवा भनेर चिनिने शेरबहादुर वाइवालाई हरिहरपुरगढी र मकवानपुरको सीमाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । विप्लवका अन्य दुई कार्यकर्तालाई भने सिन्धुली र सर्लाहीको सीमाबाट पक्राउ गरिए पनि प्रहरीले दोषी ठहर गरिसकेको छैन । आवश्यक अनुसन्धानपछि दोषी या निर्दोषी निर्क्योल गरिने प्रहरीले जनाएको छ ।

उनीहरुमाथि यही चैत २० मा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ भलखडामा कालिका कन्ट्रक्सनको अस्थायी क्याम्पमा आगजनी र बम विस्फोट गराएको अभियोग लगाइएको छ ।