अप्रिल ६ देखि १३ तारिखसम्म ट्युनिसियामा संचालन हुन गैरहेको युथ ओलम्पिक क्वालिफिकेसन टुर्नामेन्ट र वल्र्ड जुनियर तेक्वान्दो च्याम्पियनसिप नेपाली तेक्वान्दो टोलीले सहभागिता जनाउने भएको छ । यसै वर्ष आयोजना हुन युथ ओलम्पिक खेलमा सहभागिता जनाउनका लागि तेक्वान्दो खेलाडीले यो छनोंट प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।
प्रतियोगिताको पुरुष ५९ केजीमा कपिल थापा र ४८ केजीमा शैलेश गिरी तथा महिला ४९ केजीमा आयशा लामाले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षक तथा व्यवस्थापकमा श्याम डंगोल रहेका छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका सचिव एवम् सहायक मुख्य प्रशिक्षक नविनकुमार श्रेष्ठले एक कार्यक्रमबीच बिदाई गरेका थिए ।
सो दौरानमा ट्युनिसियामै अप्रिल ५ मा हुने विश्व तेक्वान्दोको महासभामा भाग लिन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा र महासचिव दीपराज गुरुङ्ग पनि ट्युनिसियन प्रस्थान गरेका छन् । विश्वभरिका २०९ सदस्य राष्ट्रहरुको सहभागिता रहने उक्त साधारण सभामा नेपालको तेक्वान्दो खेलको गतिविधि, उपलब्धि र भावी योजना प्रस्तुत गर्ने तेक्वान्दो संघले जनाएको छ ।
प्रतिक्रिया