अन्तर्राष्ट्रिय ग्रान्डमास्टर बुद्धिचाल नेपालमा

अन्तर्राष्ट्रिय ग्रान्डमास्टर बुद्धिचाल नेपालमा


होमल्यान्ड स्पोर्ट्स क्लब नेपालको आयोजनामा काठमाडौं ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता चैत २९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गर्ने पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराइएको छ । सो सम्बन्धि सम्झौता पत्रमा होमल्यान्डका अध्यक्ष प्रकाश अधिकारी र केएनपी जापानका कन्ट्री म्यानेजर मनोजकुमार मिश्रले हस्ताक्षर गरेका थिए । सम्झौता अवधि तीन वर्षको रहने र प्रत्येक वर्ष केएनपीले २२ लाख बराबरको प्रायोजन गर्ने छ ।

प्रतियोगितामा १ सय विदेशी तथा ८० नेपाली गरी १ सय ८० खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी १० लाख रुपैयाँ रहेको छ । बुढानीलकण्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा बैशाख ४ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ७८ लाख खर्च हुने जानकारी गराइएको छ ।