बाब्रोको विस्फोटक ब्याटिङले मुम्बईलाई पहिलो झड्का

बाब्रोको विस्फोटक ब्याटिङले मुम्बईलाई पहिलो झड्का


विश्वकै चर्चित क्रिकेट लिग आइपीएलको शुभारम्भ भएको छ । आईपीएलको ११औं संस्करणको उद्घाटन मुम्बईको वानखेडे स्टेडियममा भएको हो । उक्त उद्घाटन समारोहमा बलिउडका चर्चित कलाकारहरुले प्रस्तुति गरेका थिए । बलिउड नायक बरुण धवन, रितिक रोशन, प्रभु देवा र नायिकामा ज्याकलिन फर्नान्डेज, तमन्ना भाटियाले प्रस्तुती दिएका थिए ।

आईपीएल ११ औं संस्करणको पहिलो खेल डिफेन्डिङ च्याम्पियन मुम्वई इन्डियन र चेन्नई सुपर किङविच खेल भएको थियो । पहिलो व्याटिङ गरको मुम्वई निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

१ सय ६६ रनको विजय लक्ष पाएको चेन्नईको सुरुवात राम्रो रहेन । एकपछि अर्को गर्दै विकेट पतन भएपछि चेन्नई पराजयको मुखमा पुगेको थियो । तर क्यारेवियन खेलाडी डेबेन ब्रावो आक्रमक पारी खेलेपछि चेन्नाईले १ विकेटले विजय हासिल गरेको थियो ।

चेन्नईलाई अन्तिम तीन ओभरमा विजयको लागि ४७ रनको आवश्यकता थियो । जुन प्राय असम्भव जस्तो देखिन्थ्यो, यसर्थमा त्यो बेला चेन्नईले ८ विकेट पनि गुमाई सकेको थियो । तर ब्रावोले सम्पूर्ण अड्कल र अनुमानलाई गलत सावित गर्दै चेन्नाईलाई एक्लो दममा विजय गराउँदै आफ्नो टीमको लागि ‘हिरो’ सावित भए ।

बाव्रोले ३० बलमा ६८ रनको आक्रमक पारी खेलेर चेन्नईलाई विजय दिलाएका थिए । उक्त तुफानी पारीमा बाव्रोले ३ चौका र ७ छक्का प्रहार गरे । बाव्रोले खेलको १८औं र १९औं ओभरमा ५ छक्का र १ चौका प्रहार गरेका गरेका थिए । उनले यी दुई ओभरमा ३९ रन बनाएका थिए । १८ औं ओभरमा मिशल म्याक्लेनेगनको बलिङमा १९ र १९ औं ओभरमा बुमराहको बलमा २० रन ठोकेका थिए ।

अन्तिम ओभरमा जितको लागि ७ रनको आवश्यकता रहेको अवस्थामा बाव्रो आउट भएका थिए । त्यसपछि मैदानमा आएका केदार जाधवले एक छक्का र एक चौका प्रहार गर्दै एक बल बाँकी रहँदै चेन्नईलाई विजय दिलाएका थिए ।