इन्साइटलाई काष्ठमण्डप कप सेभन ए साइडको उपाधि

इन्साइटलाई काष्ठमण्डप कप सेभन ए साइडको उपाधि


इन्साइट भिजनले दोश्रो काष्ठमण्डप कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

काष्ठमण्डप ए लेभल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा इन्साइटले लोयल्टी एकेडेमीलाई २–० गोलले पराजित गरेको हो । विजयी टिमका लागि प्रविण मगर र आकाश बुढा मगरले गोल गरेका थिए ।

प्रतियोगिताभर ७ गोल गरेका इन्साइटका आकाश बुढा मगर सर्वाधिक गोलकर्ता बने । लोयल्टीका प्रतीक गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए । न्यु जेनिथले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई पूर्व फुटबल प्रशिक्षक विराटकृष्ण श्रेष्ठ र काष्ठमण्डपकि निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापाले एक पुरस्कृत गरेका थिए । तीनदिने प्रतियोगितामा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।