रुपकलाई मिस्टर फिट्नेस फस्ट उपाधि

रुपकलाई मिस्टर फिट्नेस फस्ट उपाधि


सतुंगल फिट्नेस फस्टका रुपक लगुनले चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिपको उपाधि जितेका छन् ।

फिट्नेस फस्टद्वारा आयोजित प्रतियोगिताको ओभरहल च्याम्पियन बनेका रुपकले ७० केजीमुनि पहिलो भएका सतुंगलकै अमर गमाल र ६० केजीमा पहिलो भएका थानकोटका किस्मान तामाङलाई फाइनल चरणमा पराजित गरेका थिए ।

रुपक ७० केजीमाथि पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे । उनीहरुले प्रोटिन र मोबाइल पनि प्राप्त गरेका थिए ।

पुरुष फिजिक १६५ सेन्टीमिटर उचाईंमुनि सतंगुलका राजेश तामाङ र १६५ सेन्टीमिटर उचाईंमाथि थानकोटका गोकुल श्रेष्ठ पहिलो भए । दुवैले समान ५–५ हजार नगद पुरस्कार पाए ।

शारीरिक सुगठनतर्फ सतुंगलका सूर्य थापा उत्कृष्ट पोजर बन्दै नगद ५ हजार रुपैयाँबाट पुरस्कृत भए । एकदिने प्रतियोगितामा ३४ खेलाडी सहभागी थिए ।