गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा सञ्चालित गोदावरी खेल महोत्सवको औपचारिक रूपमा सम्पन्न भएको छ । अन्तिम दिन प्रमुख अतिथि जलश्रोत, उर्जा तथा सिचाइँमन्त्री वर्षमान पुनको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले यो क्षेत्रसंग सुमधुर सम्वन्ध भएको बताउदै यस क्षेत्रको अन्य विषय झै खेलकुदको विकासमा पनि लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य नवराज सिलवाल, विशेष अतिथि प्रदेशसभा सदस्य लाल कुमारी पुन, दिपेश पुन र चेतनाथ सञ्जेल तथा गोदावरी नगरपालीकाका प्रमुख गजेन्द्र मर्हजन र वडाअध्यक्ष मुकन्द पहरी लगायतले पुरस्कार प्रदान गरे । सोही अवसरमा विभिन्न खेलकर्मीलाई सम्मान पनि गरिएको थियो ।
गोदावरी मार्सल आर्ट सेन्टरको आयोजना तथा नमुना खेलकुद क्लबको सह आयोजनामा सञ्चालित आठ दिने महोत्सबमा ह्यान्डबल, रोडरेस, तेक्वान्दो, चेस, कराते, फुटबल र फुटबल खेल सञ्चालन भएका थिए ।
प्रतिक्रिया