बादलको आदेशमा नेकपाका कार्यकर्ता पुनः पक्राउ

बादलको आदेशमा नेकपाका कार्यकर्ता पुनः पक्राउ


यही चैत ५ गते धनकुटाको हिलेबाट पक्राउ परी अदालतको आदेशबाट जिल्ला प्रशासन कार्यालयबाट सामान्य धरौटीमा छुटेका विप्लव नेतृत्वको नेकपाका कोशी ब्युरो इञ्चार्ज किरण राईलगायत सात कार्यकर्ता पुनः पक्राउ परेका छन् ।

५ चैतको राती हिलेमा आयोजित स्मृति सभाबाट प्रहरीले नियन्त्रण्मा लिएका नेता राईलगायतलाई धनकुटाको जिल्ला अदालतले सामान्य धरौटीमा छोड्न आदेश दिएपछि जिल्ला प्रशासनले रिहा गरेको थियो ।

तर, प्रशासनले रिहागरे लगत्तै उनीहरुलाई पुनः उदयपुरबाट पक्राउ गरिएको छ । गृहमन्त्री रामबहादुर थामाको ठाडो आदेशमा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पुनः पक्राउ गरिएको नेपाल कम्युनिष्ट पार्टीले दाबी गरेको छ ।

पुनः पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न सो पार्टीले माग गरेको छ ।