भारत जाँदै भट्टराई

भारत जाँदै भट्टराई


एक साता उतै रहने गरी नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार भारततर्फ जाने भएका छन् ।

डा. भट्टराई बैंगलोरमा हुने अन्तराष्ट्रिय नेपाली समाज, भारतको कार्यकर्ता भेलालाई प्रशिक्षण दिन भारत जान लागेको बुझिएको छ ।

पत्नी हिसिला यमी र ८८ वर्षीय बुबा भोजप्रसाद भट्टराईको साथमा भारत जान लागेका डा. भट्टराईले केही राजनीतिक कार्यक्रममा सहभागिता जनाउने र धार्मिक एवं पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

डा. भट्टराई बैशाख ८ गते साँझ काठमाडौं फर्किने कार्यक्रम तय भएको बुझिएको छ ।