हामी नै हौँ युवा जवान यो देशलाई थाम्ने
हामीबाहेक हुन्न कोही अस्तित्वलाई खाम्ने
आफ्नो उर्वर धरतीलाई बाँझै छाडी खोरिया
उन्नत बैँस पोख्न जान्छौँ लाज पचाई कोरिया
बैँस रित्याई बुढ्यौलीमा के पुर्पुरो छाम्ने ?
हामी नै हौँ युवा जवान यो देशलाई थाम्ने
हामीबाहेक हुन्नन् …
आलस्य र निराशाको अन्धकारलाई केर
हिरामोती जुहारत छ यही देशमा हेर
हाम्रै आँट अठोट हो राष्ट्र पौरख गाम्ने
हामी नै हौँ युवा जवान यो देशलाई थाम्ने
हामीबाहेक हुन्नन्…
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
प्रतिक्रिया