काठमाडौं जिल्ला लनटेनिस संघको आयोजनामा छैटौँ सिटिजन्स बैंक खुला लनटेनिस प्रतियोगिता हुन भएको छ । प्रतियोगिता बैशाख १६ देखि २२ गतेसम्म हुने छ ।
प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स तथा भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।
प्रतियोगितामा १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ४ लाख ८० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वर, सातदोबाटो र आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।
प्रतिक्रिया