१९औं युथ, २४औं जुनियर महिला तथा ३१औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन तीन सदस्यीय नेपाली टोली उज्वेकिस्तानको अर्गेन्च प्रस्थान गरेको छ ।
अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा १÷१ पुरुष÷महिला खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । पुरुपमा प्रकाश केसीले ६९ केजी तथा महिलामा सन्जु चौधरीले ५३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा भारोत्तोलन मुख्य प्रशिक्षक राम पौडेल रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे ।
प्रतिक्रिया