एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपाली खेलाडी

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपाली खेलाडी


१९औं युथ, २४औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । प्रतिनिधिसभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले २ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरेका हुन् ।

युथतर्फ सागर भण्डारीले पुरुष ९४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । अप्रिल ३० तारिखसम्म सञ्चालन हुने प्रतियोगिता अप्रिल २० तारिखदेखि नै सुरु भइसकेको छ । सागरको खेल अन्तिम दिन अप्रिल ३० तारिखमा छ । प्रशिक्षकमा अनिलकुमार मिश्र छन् । उनीहरु बुधबार प्रतियोगितास्थल उज्वेकिस्तानको अर्गेन्च प्रस्थान गर्ने कार्यक्रम छ ।

जुनियर पुरुष र महिलामा सहभागी हुने नेपाली टोली भने यसअघि नै प्रस्थान गरिकेका छ । पुरुषमा प्रकाश केसीले ६९ केजी तथा महिलामा सन्जु चौधरीले ५३ केजीमा सहभागिता जनाउने छन् । सन्जुले अप्रिल २५ र प्रकाशले अप्रिल २६ मा खेल्ने छन् । सो टोलीको प्रशिक्षकमा भारोत्तोलन मुख्य प्रशिक्षक राम पौडेल छन् ।