टाटा स्टिल कप क्रिकेटमा नेपाली टोली

टाटा स्टिल कप क्रिकेटमा नेपाली टोली


फरक क्षमता भएका व्यक्तिहरुको टाटा स्टिल कप ट्रायङगुलर क्रिकेट सिरिजमा सहभागी हुन नेपाली टोली भारतको कोलकाता प्रस्थान गरेको छ ।

खेलाडीहरुमा रामप्रसाद खरेल (कप्तान), हेम गुरुङ (उप कप्तान), प्रदीप रिजाल, ललनकुमार चौरसिया, लक्ष्मीप्रसाद अधिकारी, सोम सुनवार, डम्बरबहादुर मगर, रामबहादुर कुँवर, राम मगर, इन्द्रसिंह डिसी, सुमन बराल, रमेश राउत, रुपेश वाइबा र मनोज थापा छन् ।

त्यस्तै प्रशिक्षकमा प्रकाश विष्ट, व्यवस्थापकमा व्ह्ीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम शेर्पा, फिजियोमा अन्जना मास्के तथा अम्पायरमा रविन्द्र गुप्ता रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे । अप्रिल २५ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत र बंगलादेश सहभागि हुनेछन् । उक्त खेल ४० ओभरको हुनेछ ।