नेपाल बुद्धिचाल संघको आयोजनामा फिडे आर्विटर सेमीनार सम्पन्न भएको छ । उक्त सेमिनार गोल्डनगेट कलेजमा भएको थियो ।
सेमीनारबाट धरम बहादुर लामा, केशव श्रेष्ठ, सुरबीर लामा, रस्मा महर्जन, उत्तम ढुगेल, राज कुमार लघु, यासिस खम्बु, गोपाल महर्जन, बद्री थैब, भुपेन्द्र निरौला, राम किशोर पराग, मञ्जु निरौला, बिनोद बिक, सुमन जोशी, ईन्द्रभक्त पन्च, पुर्ण सुन्दर श्रेष्ठ र शीव सुन्दर श्रेष्ठले फिडे आर्विटर नर्मस हासिल गरेका छन् ।
एशियन चेस फेडेरेसनका सिईओ तथा फिडे आर्विटर ट्रेनरर कास्टो अबुन्डोले सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए भने सहायक प्रशिक्षकको भुमिकामा अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजु रहेका थिए । नेपाल बुद्धिचाल सघको अध्यक्ष एकालाल श्रेष्ठले उतिर्ण सहभागीहरुलाई बधाई दिए ।
प्रतिक्रिया