महिला टीम इभेन्ट जुडोमा नेपाललाई रजत

महिला टीम इभेन्ट जुडोमा नेपाललाई रजत


नेपालले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको अन्तिम दिन महिला टिम इभेन्टमा रजत जितेको छ । फाइनलमा भारतले नेपाललाई ५–० ले पराजित गर्दै स्वर्ण जितेको हो ।

नेपालबाट देवीका खड्का, मनीता श्रेष्ठ प्रधान, फुपुल्हामु खत्री, भावना घर्ती मगर र पुनम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । पुरुष टिम इभेन्टमा पनि भारतले नै स्वर्ण हात पा¥यो । भारतले पाकिस्तानलाई ३–२ ले पराजित गरेको थियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लगायतले पुरस्कार प्रदान गरे ।