शान्ति सिंहको संयोजकत्वमा छनोट समिति

शान्ति सिंहको संयोजकत्वमा छनोट समिति


इन्डोनेसियाको जकार्तामा आगामी भदौ महिनामा आयोजना हुने १८औं एसियाली खेलकुद प्रतियोगिताका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद्ले पाँच सदस्यीय छनोट समिति गठन गरेको छ ।

राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुनबहादुर विक, करातेका मुख्य प्रशिक्षक सोभितराज प्रसाईं र नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ रहेका छन् ।

छनोट प्रतियोगिता बैशाख १५ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ । छैटौं र सातौं राष्ट्रिय खेलकुद, राखेप च्याम्पियनसिप, दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद तथा अफिसियल सिनियर साफ च्याम्पियनसिपका पदक विजेता खेलाडीले छनोटमा सहभागिता जनाउने पाउने छन् ।