नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई हचुवाको भरमा खेलाडी छनोट गरेको आरोप लागेको छ । अध्यक्ष अवालेलाई उक्त आरोप सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ६० केजी तौलमा स्वर्ण पदक जित्ने दिनेश श्रेष्ठले लगाएका हुन् ।
इन्डोनेसियाको जकार्तामा आयोजना हुन गैरहेको १८ औं एसियाली खेलकुद प्रतियोगितामा आफुले छनोंट प्रतियोगिता खेल्न नपाएपछि श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । राष्ट्रिय खेलकुद परिषदले ‘राखेप च्याम्पियनसिप’मा पहिलो र दोश्रो हुने खेलाडीलाई मात्र छनोंट गर्ने निर्देशन दिएको भन्दै संघका पदाधिकारीले आफु खुशी एसियाडको लागि खेलाडी छनोंट गरेको प्रति आक्रोस पोखेका हुन् ।
सातौंमा स्वर्ण पदक विजेता श्रेष्ठ राखेप च्याम्पियनसिपमा इन्जुरी कारण प्रतिस्पर्धा गर्नवाट बन्चित भएका थिए । उनी आफ्नो प्रतिद्वन्दीसंग पराजित नभै इन्जुरीका कारण प्रतियोगिताबाट वाहिरिएका थिए । त्यसपछि पनि श्रेष्ठले एसियाडको छनोंटको लागि नियमित प्रशिक्षण गरेपनि अहिले संघको गरेको निर्णयले उनको एसियाड खेल्ने सपना तुहिएको छ ।
सवै प्रतिभाशाली खेलाडीहरूलाई समावेस गरेर एसियाडको लागि छनोंट गर्नुपर्नेमा संघले आफुखुशी खेलाडी छनोट गरेपछि अहिले बक्सिङ खेलमा विवाद उत्पन्न भएको छ । संघको यो निर्णयले खेलाडीहरूको खेल्न पाउने हकमाथि प्रतिबन्ध लागेको श्रेष्ठले बताएका छन् । वल्र्ड च्याम्पियनसिप र एसियन गेमको समेत अनुभव बटुलिसकेका श्रेष्ठले संघको यो कदमले आफु अन्यायमा परेको गुनासो पोखेका छन् ।
संघले राखेपको निर्देशन भन्दै १० जना बक्सिङ खेलाडी एसियाडको लागि छनोंट गरिसकेको छ । संघले राखेप च्याम्पियनसिपको हवाला दिदै खेलाडीको छनोंट गरेको दावी गरेपनि तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाटले राखेपले छनोंटका लागि त्यस्तौ कुनै मापडण्ड नराखेको प्रस्ट पारेका छन् । राखेपले राखेप च्याम्पियनसिपमा पहिलो र दोश्रो हुनेलाई वन्दप्रशिक्षणमा राखेपनि अन्य प्रतिभाशाली खेलाडीलाई छनोंट खेलमा सहभागिता गराउन रोक नलगाएको रानाभाटले प्रस्ट पारेका छन् ।
राखेपले यस्तो खुलासा गर्दा समेत संघले किन छनोंट प्रतिस्पर्धालाई पारदर्शि बनाउन सकेन त्यो अहिले चर्चाको विषय बनेको छ । प्राप्त जानकारीका अनुसार संघका अध्यक्ष अवाले र प्रशिक्षकको मिलेमतोमा एसियाडको लागि बक्सिङ खेलाडी छनोंट गरिएको बुझिएको छ । छनोंट खेलमा अन्य खेलाडीलाई अवसर दिए बन्द प्रशिक्षणमा रहेका आफ्ना खेलाडी पराजित हुने सन्त्रासले प्रशिक्षकहरूले हचुवाको भरमा खेलाडी छनोट गरेको खेलाडीहरूको आरोप छ ।
साथै ती खेलाडीहरूले यस्तो निर्णय गराउन बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरको विशेष हात रहेको बताएका छन् । थापा मगरकै सिफारिसमा अध्यक्ष अवाले यस्तो अप्रिय निर्णय गरेको बुझिएको छ । यसरी सम्भावित पदक जित्ने खेलाडीलाई बाहिर राखेर एसियाडमा बक्सिङको प्रदर्शन रहला सोझै अनुमान लगाउन सकिन्छ ।
प्रतिक्रिया