मनमोहन मेमोरियल क्रिकेट सेन्टरले आयोजना गर्ने मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगितामा सहभागि हुने सातै प्रदेशको छनोट सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष ठाकुर गैरे पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिता कीर्तिपुर टीयू क्रिकेट मैदानमा बिहीबारदेखि सुरु हुँदैछ ।
सहभागि टिमलाई दुई समूहमा विभाजनगरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । लिगमा प्रदेश २, ४, ५ र ७ ले समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश १, ३ र ६ समूह ‘बी’ मा रहेर लिग खेल्ने छन् । खेल ३० ओभरको हुनेछ ।
पहिलो र दोश्रो हुने टिमलाई नगद र खेल सामाग्रीसहित क्रमशः ५ लाख र २ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । फाइनल बैशाख १९ गते हुनेछ । पहिलो दिन प्रदेश प्रदेश ३ र १ बीच खेल हुनेछ ।
प्रतिक्रिया