मकाउका तेक्वान्दो खेलाडीलाई जापानमा सफलता

मकाउका तेक्वान्दो खेलाडीलाई जापानमा सफलता


१६औं वाटा ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीप तथा अन्तर्राष्ट्रिय क्लब ओपन तेक्वान्दो च्याम्पियनसिप जापानमा सम्पन्न भएको छ । जापानको ओशाका शहरमा सम्पन्न उक्त च्याम्पियनसिपमा मकाउ नेपाली तेक्वान्दो टोलीले सहभागिता जनाएको थियो ।

प्रशिक्षक राजु नगरकोटीको नेतृत्वमा खेलाडीहरु गोपाल भण्डारी, सन्जीव नेपाली, सुरज श्रेष्ठ, निशान घर्ति क्षेत्री, अमरराज लामा, सुनिल बस्नेत र कुमार मानन्धरले सहभागिता जनाएका थिए ।

उक्त च्याम्पियनसिपमा फाइटतर्फ नेपाली खेलाडी संजीव नेपाली र निशान घर्ति क्षेत्रीले रजत पदक जितेका थिए । त्यस्तै पुम्सेतर्फ गोपाल भण्डारी, संजीव नेपाली, सुरज श्रेष्ठको टोलीले काश्य पदक जितेको थियो ।

यो सफलताप्रति खुशी प्रकट गर्दै प्रशिक्षक नगरकोटीले पदक विजेता खेलाडीलाई बधाई दिएका छन् । साथै विदेशी भूमीमा वसेका नेपालीहरुलाई नेपाल तेक्वान्दो संघले अवसर दिएकोमा धन्यवाद प्रकट गरेका छन् ।