तीथोत्रावादबालौँ, अबनव–युगमा, मात्र‘मैवाद’पालौँ ।
तीधोत्रावादफालौँ, अभिनव–युगमा, मात्र ‘मैवाद’थालौँ ।।
जे–जस्तावाद पस्के, विगत— मगजले, दूरद्रष्टा बनेर ।
मासौं तीजीर्ण धारा, अधममगजले, स्वल्पद्रष्टा भएर ।।१।।
ठूलो हो देशभन्दा,मधुतम रसिलो, वादको यन्त्र सूत्र ।
ठूलो हो वादभन्दा, महसरी मधुरो, पार्टीको भक्तपुत्र ।।
ठूलो हो पार्टीभन्दा, गुट–उपगुटको, मुख्यहर्ता र कर्ता ।
ठूलो हो गूटभन्दा, परिजन कुलका, भाइ साला–प्रशंसा ।।२।।
ठूलो हो अर्थ सत्ता,पदअझगतिलो , लोक झुक्ने प्रताप ।
सातै पुस्ता सपार्ने,बल यदिनगरे ,हामी हुन्छौं सखाप ।।
प्लेटो गान्धी र माले, अभिनवयुगका, चिन्तकै मास्नु पर्छ ।
राम्रा छोडेर हाम्रा, परिजन–कुल नै, शक्तिमाहॉस्नु पर्छ ।।३।।
भाङ्ग्रे हुन् नीतिकर्ता, जन–गण समता– वाद हर्रो र टर्रो ।
ग्वॉङ्ग्रे हुन् व्यास भोल्टे–यर हर–हर हुन्,जोगी वैरागीजस्तोे।
बन्छौं चार्वाक–चेला, जतिदिन रहु‘ला, मोजमज्जा गरौंला ।
नारा हुन् व्योम–तारा, दल–बल छलले, राज्यकब्जा गरौंला।।४
पूर्बेलीपश्चिमेली, जति–जतिगहिरा जन्मिएलोकवाद ।
यीहाम्रालागि ढोंगी, अतिसय ललना, छोक्रिलाहुन् विशाद !
धर्तीकावादफालांै, अवनवयुगमा, दुष्ट ‘मैवाद’ बालौं ।
सातै पुस्ता सपार्ने, अवसर रसिलो, रुष्ट ‘मैवाद’ पालौं ।।५।। (अध्यक्ष, धादिङ सिर्जना प्रतिष्ठान)
जीवन गाँस्ने चरा– रामेश्वर राउत मातृदास
युगौंदेखि मनकै गीत गाइरहेछन् चरा
कति कठिन भयो होला धुन भर्न बरा
हावा पानी हुरी बतास यात्रा तल माथि
दुई ज्यान भिन्नै भए पनि आत्मा एकै जाति
निश्चल छन् चिर्विर ध्वनि मनै हराभरा
कहिले नाच्छन् कहिले गाउँछन् मनमन्दिरका चरा
युगौदेखि मनकै गीत….
कावा खाँदै हावासँग नाच्दै छमछम
उत्साहले हराभरा जीवन रमझम
ढकमक उत्सव गरागरा
जिन्दगीका ढुकढुकी हुन् जीवन गाँस्ने चरा
युगौदेखि मनकै गीत…
नेपाललाई हेर– गणेश खड्का ‘दावाँली कान्छा’
स्वीट्जरल्यान्ड बन्छ नेपाल विकास गरेर हेर
कति सुन्दर छ हाम्रो नेपाल मेची नदी तरेर हेर ।
वरपर नेपालमा वनजङ्गल नेपाललाई सजाएर
विश्वास यदि लाग्दैन भने सगरमाथा चढेर हेर ।
कति राम्रो छ हाम्रो नेपाल महाकाली नदी तरेर हेर
विश्वास यदि लाग्दैन भने नेपालमा आएर हेर ।
धेरै राजनीतिज्ञ नेपालीहरू नेपालको मन्त्री बनेर हेर
कति सुन्दर छ ठाउँ नेपाल नेपालमा आएर हेर ।
स्वीटजरल्यान्ड बन्छ हाम्रो नेपाल विकास गरेर हेर
कति सुन्दर छ नेपाल नेपालको सिमाना नाघेर हेर ।
रक्ताम्य छन् वनपाखा लालीगुराँस सजिएर
विश्वास यदि लाग्दैन भने कञ्चनजङ्घा चढेर हेर ।
विश्वास राख नेपाल, राम्रो छ नेपाल भनेर
कति सुन्दर छ नेपाल मेची र काली तरेर हेर ।
विकास गरौँ नेपाललाई स्वीटजरल्यान्ड बन्छ भनेर
यदि विश्वास लाग्दैन भने सगरमाथा चढेर हेर । – सिद्धेश्वर–९, दावाँ, भोजपुर
प्रतिक्रिया