नेपाल ब्याडमिन्टन संघको आयोजनामा बीडब्लुएफ लेभल– १ कोचेज एजुकेसन कोर्स एन्ड प्लेयर्स ट्रेनिङ क्याम्प हल्चोकस्थि एपीएफ क्लबमा सुरु भएको छ ।
कोर्समा जम्मा २५ जनाको सहभागिता रहेको ब्याडमिन्टन संघका सचिव नवीनबहादुर शाहले जनाएका छन् । ब्याडमिन्टन एसियाका डेभलप्मेन्ट अफिसर सामबन्थन र रिजनल डेभलप्मेन्ट अफिसर निखिलचन्द्र धरले मे ६ तारिखसम्म चल्ने कोर्स सञ्चालन गर्ने छन् ।
प्रतिक्रिया