नवविहानी तेक्वान्दो डोजाङको आयोजनामा प्रथम नवविहानी उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता बैशाख १४ गते शुक्रबारदेखि सुरु भएको छ ।
प्रतियोगितामा विभिन्न २७ डोजाङका ४ सय खेलाडीको सहभागिता रहने डोजाङ प्रमुख विमलकुमार अछामीले जनाएका छन् । पुरुषमा १० र महिलामा ६ गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
दुईदिने प्रतियोगिताका खेलहरु इमाडोलको नयाँ बस्तीस्थित आयोजक डोजाङकै हलमा हुनेछ ।
प्रतिक्रिया