बैंकिङ तरलता समाधान भएन् : ज्ञानेन्द्र ढुंगाना

बैंकिङ तरलता समाधान भएन् : ज्ञानेन्द्र ढुंगाना


नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकिङ तरलताको समस्या समधान नभएको बताएका छन्  । उनले बजारमा तरलता अभाव केही सहजजस्तो देखिएपनि समाधान हुन नकसकेको बताएका हुन् ।

राष्ट्र बैंकको ६३ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष ढुंगानादे बैंकको ब्याजदर बढ्दा उत्पादन लागत बढ्ने बताउँदै तरलता समस्या समाधानका लागि सरकारी बजेट खर्च हुनुपर्नेमा जोड दिए । ‘पुर्नकर्जाको सीमा २५ अर्बबाट बढाउनुपर्छ ।’ उनले भने, ‘स्थानीय निकायमा पैसा लैजादा जोखिम हुने भएकाले नोट कोषको व्यवस्था हुन आवश्यक छ ।’