ग्लोबल आइएमई बैक लि. र विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बीच कर्जा लेनदेनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । गत बिहिबार उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका हुन् ।
नेपालमा पछिल्लो समयमा देखिएको वित्तिय तरलताको समाधानमा यो सम्झौताले योगदान पु¥याउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ । उक्त कर्जा सापटी सहमति नियमनकारी निकाय नेपाल राष्ट्र बंैकको स्वीकृति पश्चात लागु हुनेछ । त्यस्तै विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)ले ग्लोबल आइएमई बैक लि.लाई ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेकोे छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १२२ वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकको दाबी छ । उक्त बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया